‘सन्तोषले’ पाए सुदुरपश्चिम प्रदेश सरकारमा वन मन्त्रीको जिम्मेवारी

0
613

दार्चुला, जेठ १४ गते ।

प्रदेश सरकारमा पनि दार्चुलाले मन्त्री पाएको छ । सुदूरपश्चिम प्रदेश मख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार गरेको मन्त्री मण्डल विस्तारमा दार्चुलाको प्रदेश सभा ख क्षेत्रबाट निर्वाचित मानबहादुर धामी सन्तोषलाई उद्योग, पर्यटन वन तथा बातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।

नेकपा माओबादीमा जनयुद्धकालमा महत्वपुर्ण भुमिकामा रहेका धामी प्रदेश सरकार गठनका क्रममा मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेका थिए । नेकपा एमालेको केपी ओली समुहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि एमालेको माधव नेपाल समुहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा मुख्य मन्त्री भट्टले माधव पक्षलाई समेट्दै मन्त्रीमण्डल पुर्नगठन गरेका हुन् । पुर्नगठित प्रदेश सरकारमा दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीले जिम्मेवारी पाएका छन् ।
सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराज रहेका छन् ।