सडक मर्मतमा ८३ लाख बजेट

0
1933

दार्चुला, फागुन ३० गते ।
दार्चुलाका स्थानीय तहहरुलाई सडक मर्मत सम्भारका लागि ८३ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । नेपाल सरकारले स्थानीय पूर्वाधार विभागमार्फत देशभरका स्थानीय तहहरुलाई सडक मर्मत सम्भारका लागि बजेट उपलब्ध गराएको हो ।
आर्थिक वर्ष २०७६÷७७ को बजेट उपशीर्षक ३३७३१०११३ अन्तर्गत स्थानीय तहहरुलाई बजेट उपलब्ध गराइएको विभागले जनाएको छ ।
स्थानीय तहमा रहेका सडकहरुको मर्मत सम्भारका लागि बजेट उपलब्ध गराइएको विभागका प्रवक्ता महेश्वर घिमिरेले बताउनुभयो । दार्चुलाका सातवटै गाउँपालिकामा ५ लाख रुपैयाँका दरले बजेट दिइएको छ ।
महाकाली नगरपालिकामा ३० लाख र शैल्यशिखर नगरपालिकामा १८ लाख बजेट सडक मर्मतका लागि दिइएको विभागको विवरणमा छ । देशभरका ४ सय ६० गाउँपालिकाहरुमा २८ करोड ९० लाख बजेट दिइएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा १ अर्ब १ करोड १० लाख बजेट दिइएको विभागले जनाएको छ । देशभरका २ सय ९३ नगरपालिकामा बजेट बाँडिएको छ ।
स्थानीय पूर्वाधार विभागले एक महिनाअघि सडक मर्मतको बजेट बाडफाँड गरिएको जनाएको छ । बजेट कार्यान्वयनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ ।