सडक निर्माणका क्रममा क्षती भएको बाटो निर्माण गरिदिन भारतीय प्रशासनलाई पत्राचार

0
605
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला, जेठ २९ गते ।

भारतीय सडक निर्माणका क्रममा अवरुद्ध भएको नेपाल तर्फको बाटो निर्माण गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्राचार गरेको छ ।

गत मंगलबार धार्चुला–लिपुलेक सडक निर्माणका क्रममा कल्जु क्षेत्रमा भारतले जिलेटिन पड्काउदाँ नेपाल तर्फको बाटो अवरुद्ध बनेको थियो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतीय सडक निर्माणका क्रममा भत्कीएको बाटो निर्माण गर्न भारतलाई अनुरोध गर्ने निर्णय अनुसार भारतलाई पत्राचार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले जानकारी दिनुभयो । नेपाल तर्फ भत्कीएको बाटो निर्माणका लागि भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । भारतले बाटो निर्माण गर्दा नेपाल तर्फ क्षती भइरहेकाले क्षति भएको निर्माण गदिन तथा नेपाल तर्फ असर नपर्नेरि आफ्नो बाटो निर्माण गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ । विहिबार गरिएको पत्राचारको जवाफ अझै भारतीय पक्षबाट आईनसकेको जिल्ला प्रशासन कार्यालय दार्चुला स्रोतले जनाएको छ । महाकाली किनारै किनार बाटो अवरुद्ध भएपछि ब्यास गाउँपालिकाको छाङरु र तिंकर जोड्नका लागि बैक्लपिक बाटो सञ्चालनमा ल्याईको छ । प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुको सक्रियतामा बैक्लपिक बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार
-भारतले जिलेलिन पड्काउदा महाकाली नदी थुनियो, छाङरु, तिंकर जोड्ने बाटो अवरुद्ध
-प्रहरी र स्थानियहरुको सक्रियतामा कल्जुमा अवद्ध भएको बाटो निर्माण गरिदै