सडक अबरुद्ध भएपछि दुहुँ जान हेलिकोप्टर

320

दार्चुला, भदौ २६ गते ।
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुदै दुहुँ र व्यास जोड्ने सडक अबरुद्ध हुदा बैंकका कार्मचारीहरुले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गरेका छन् । शुक्रबार जिल्ला सदरमुकाम आएका नेपाल इन्भेष्टमेण्ट बैंक हिकिला शाखाका कर्मचारीहरुले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गरेका हुन् । शाखा प्रबन्धक बिरेन्द्र सिंह कार्की,महेश अवस्थी र प्रदिप बोहरा बाटोे अवरुद्ध हुदाँ सदरमुकाममा रोकिएका थिए । उनिहरु आईतबार माउनटेन एयरको एन नाइन ए के वि कलसाइनको हेलिकोप्टर मार्फत कार्यक्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनुभयो । हेलिकोप्टर हुम्लाबाट बैंकका कर्मचारी पुर्याउन दार्चुला आएको थियो । शुक्रबार जिल्ला सदरमुकाम आएका उनीहरु आज विहानै जाने तयारीमा रहेका थिए तर बाटो नहुदा हेलिकोप्टर चार्टर गर्नु परेको उनीहरुले बताएका छन् । दार्चुला तिंङ्कर सडक अन्तर्गत रिङनताल देखि कलौन भीर सम्म लास्कु खोलाले महाकाली नदी थुनिए पछि सडक अबरुद्ध भएको छ । शुक्रबार दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने सडक माथि महाकाली आएपछि आवत जावतमा समस्या भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !