संसद विघटनको विरोधमा दार्चुलामा पनि नेकपा प्रचण्ड–माधव समुहको प्रदर्शन

694

दार्चुला, पुस १४ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले दार्चुलामा पनि संसद विघटनको विरोधमा प्रर्दशन गरेको छ । नेकपा जिल्ला कमिटि अध्यक्ष गणेश सिंह खत्रीको अध्यक्षतामा भएको विरोध सभामा नेकपा प्रदेश कमिटि सह–इन्चार्ज लक्ष्मण दत्त जोशी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला नेता ज्ञानेन्द्र घर्ती, ब्याँस गाउँपालिका कमिटि इन्चार्ज नागेन्द्र तिंकरी, महाकाली नगर कमिटि इन्चार्ज खडक सिंह धामी, लेकम गाउँकमिटि इन्चार्ज रामदत्त जोशी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
विरोध ¥यालीमा प्रतिगमनकारी शक्ति मुर्दाबाद, संसद विघटन गर्न पाइदैन, नेकपा एकता जिन्दाबाद जस्ता नाराहरु लगाएका छन् ।
विरोध सभामा बोल्दै नेकपा प्रदेश कमिटि सह–इन्चार्ज लक्ष्मण दत्त जोशीले संसद विघटन भएपश्चात् दार्चुलाले मन्त्री पाएको विषयले जनताको अपमान भएको टिप्पणी गरेका छन् ।
दार्चुलालाई अहिले मन्त्री पद दिनु भनेका जनताको अपमान गर्नु भएको तथा गणेश सिंह ठगुन्ना प्रतिगमनका मतियार भएको जोशीले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !