संसद विघटनको विरोधमा काङग्रेसद्धारा ब्यासमा विरोध प्रर्दशन

831

दार्चुला, माघ ४ गते । नेपाली काँग्रेस ब्याँस गाउँपालिकाले संसद विघटनको विरोधमा ब्यास गाउँपालिकाको वडा नं २ मालमा विरोध प्रर्दशन गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा काँग्रेसको धारणा र संविधान माथि ‘कु’ भएको सन्देश जनतासम्म पु¥याउने उद्देश्यले विरोध प्रर्दशनका साथै गाउँगाउँमा कार्यकर्ता भेटघाटको कार्यक्रम भइरहेको नेविसं दार्चुलाका प्रबत्ता दिपक खातीले जानकारी दिनुभयो ।
आईतवार व्याँस गाउँपालिका वडा नम्बर २ मालमा कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा नेकपा परित्याग गरि आधा दर्जन कार्यकर्ता काँग्रेस प्रवेश गरेको उहाँले बताएका छन् । वडा नम्बर २ का काँग्रेसका अग्रज नेता कल्याण सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस दार्चुलाका पार्टी सभापति ललित सिंह बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पार्टी सचिव हरक विष्ट, व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी, वडा नम्बर २ का अध्यक्ष धिरेन्द्र सिंह बुढाथोकी, वडा नम्बर ५ का अध्यक्ष मंगल सिंह धामी, गाउँपालिका सभापति नरेन्द्र भट्ट लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सोमबार ब्यास गाउँपालिका वडा नं २ राप्लामा कार्यक्रम गरिने काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !