संघको पुर्वाधार विकास कार्यक्रम अन्र्तगत कुन योजनामा कति बजेट हेर्नुहोस !

0
1033
फाईल फोटोः पुर्व मन्त्री गणेस सिह ठगुन्ना

मंसिर २८ गते , दार्चुला । स्थानिय पुर्वाधार विकास विकास कार्यक्रम अन्र्तगतको संघ तथा प्रदेशको बजेट बाडफाड गरिएको छ । प्रतिनिधी सभा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्र्तगत ४ करोड बजेट कार्यान्वयन गर्ने ब्यवस्था अनुसार विभिन्न २९ योजनाहरुमा ४ करोड बजेट विनियोजन गरिएको छ । संघको एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रत्यक्षबाट निर्वाचीत सांसद गषेस सिह ठगुन्नाले आफ्नो निर्वाचन क्षेत्रमा उक्त योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरेका हुन् । संघको पुर्वाधार विकास कार्यक्रम अन्र्तगत कोभिड १९ तथा अन्य संक्रमण रोग पहिचान, रोकथाम, नियन्त्रण, उपचार र अन्य उपकरण ब्यवस्थान तथा पुर्वाधार निर्माणका लागि जिल्ला अस्पताल दार्चुलामा १ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरि जामिरपानी दलित बस्ती सिचाई महाकाली नगरपालिका वडा नं ८ मा ८ लाख, सितोला सामुदायीक भवन मल्लो बंगाबगड महाकाली नगरपालिका वडानं ४ मा ९ लाख, लघु जलविद्युत कुलो मर्मत सुधार महाकाली नगरपालिका ६ निसिलमा ५ लाख, देबि मन्दिर किम्तडी महाकाली नगरपालिका वडा नं ५ मा ८ लाख, गोकुलेश्वर अस्पताल आवस्यक उपकरण ब्यवस्थानमा २० लाख , गलैनाथ बेतालेश्वर आधारभुत विद्यालय निर्माण सुधार शैल्यशिखर नगरपालिका ९ मा १० लाख, मङरौ मुल सुधार शैल्यशिखर ५ मा ५ लाख, टचौरा खानेपानी ट्याङ्की निर्माण शैल्यशिखर ४ रानिशिखरमा ५ लाख, रान्नापानी झरकाडा खानेपान निर्माण सुधार शैल्यशिखर नगरपालिका ८ मा ५ लाख, मज्जेखेला लघु जलविद्युत अपिहिमाल ६ मा २० लाख, चौलानी आधारभुत विद्यालय निर्माण सुधार अपिहिमाल ५ मा ५ लाख, होपरिगाड लघुजलविद्युत निर्माण सुधार नौगाड ४ मा २० लाख, बर्थिङ सेन्टर थप कोठा निर्माण नौगाड १ कसाडमा १० लाख, धुब्रतारा जनहित आधारभुत विद्यालय मौरै निर्माण सुधार मार्मा गाउँपालिकामा १० लाख, स्वास्थ्य चौकी भवन निर्माण मार्मा ५ गोल्फामा १० लाख, पनखोला बगेबला सिचाई कुलो मार्मा ३ मा ५ लाख, संस्कृती सम्बद्र्धन कार्यक्रम लेकम गाउँपालिमा २० लाख, झलाती दलित बस्ती लिंक सडक लेकम गाउँपालिका ४ मा ५ लाख, सिद्धनाथ मावि सिना भवन मर्मत ब्यास ३ मा ९ लाख, पत्तापन्यार धर्मधार घोरेटोबाटो निर्माण ब्यास ४ मा ८ लाख, तल्लो तिग्रम तटबन्ध निर्माण ब्यास ५ मा ८ लाख, गरमौरा सामुदायीक भवन दुहु गाउँपालिका ५ मा १५ लाख , मावि धारी मर्मत सुधार दुहु ४ मा ५ लाख, मावि हिकिला मर्मत सुधार दुहु २ मा ५ लाख, राजबाटो दुहु ३ कार्की गाउँमा ५ लाख, खडके कपडागाडा देखि डुङरी हुदै बेताल सुत्तने खोली कृर्षी सडक मालिकार्जुन १ मा १० लाख, हुनैनाथ पर्यटन विकास सामुदायीक भवन मालिकार्जुन ४ मा १० लाख, नेशनल शहिद स्मृती सामुदायीक भवन मालिकार्जुन ८ मा १० लाख र जिल्ला समन्वय समिति प्रशासनिक खर्चमा ४ लाख बजेट बाडफाड गरिएको छ ।