शैल्यशिखर हत्याकाण्डका फरार आरोपी पक्राउ 

857

दार्चुला, भाद्र १२ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ देथला हत्याकाण्डका आरोपी गंगादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।   विहिबार घरेलु धारीलो हतियारको प्रयोग गरि ४५ बर्षिय शेरबहादुर चन्दको स्थानिय गंगादत्त भट्टले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भट्ट फरार रहेका थिए । प्रहरीले रातभर आरोपीको खोजीगरि जंगलमा भेटाएको र जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !