शैल्यशिखर नगरप्रमुख धामीद्वारा श्रद्धालु भक्तजनहरुलाई मास्क वितरण

771

उद्धव सिंह धामी
दार्चुला मंसिर १४ गते ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्वर ३ मा अवस्थित मालिकार्जुन मन्दिर मडमा आईतबार लागेको जात्रामा आउने श्रद्धालु भक्तजनहरुलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरस कोभिड १९ को बेला जात्रामा भिडभाड हुने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन शैल्यशिखर नगरपालिका नगरप्रमुख अमर सिंह धामीले मास्क वितरण गरेका हुन् । नगरप्रमुख धामीले जात्रामा स्वास्थ्य सुरक्षा अपनाउन तथा धेरै संख्यामा भेला नहुन आग्रह गर्नुभएको छ । उनले भक्तजनहरुलाई करीब २ हजार मास्क वितरण गरेको विनोद सिंह धामीले जानकारी दिनु भयो । देशकै सातौ धामको रूपमा रहेको मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुर्दशीको दिन ठुलो जात्रा लाग्ने गर्दछ । गत विगतका वर्षहरुमा राती लाग्ने जात्रा यसवर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दिनमै मनाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रामा नित्यपूजा मात्रै गर्न दिएको मालिकार्जुन गाउँपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष एवम् मन्दिरका मुखीया रुदे्र सिंह धामीले जानकारी दिनु भयो । शनिबार शिखरको पुजन जात्रा पछि आईतबार चर्तुदशीको दिन मालिकार्जुन मन्दिर मडमा जिल्लाकै ठूला जात्रा लाग्ने गर्दछ । यस धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !