शैल्यशिखर नगरपालिकामा तालाबन्दी

852

दार्चुला, मंसिर १९ गते ।
गत आर्थिक बर्षका योजनाहरुको भुक्तानी बाकि रहेको तथा करारका कर्मचारीहरुले चालु आर्थिक बर्षको तलभ भत्ता नपाएको भन्दै शैल्यशिखर नगरपालिकामा शुक्रबार तालबन्दी गरिएको छ ।
सम्पन्न भइसकेका केहि योजनाहरुको भुक्तानी हाल सम्म नभएको तथा करारका केही कर्मचारीहरुले तलभ भत्ता नपाएको भन्दै तालाबन्दी गरिएको संघर्ष समिति संयोजक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकाका कर्मचारी सुरेन्द्र बहादुर विष्टले भने नगरपालिकामा लगाएको तालाबन्दी खुलिसकेको बताएका छन् ।
कोलेनिका बाट निकासा हुन बाकि रहेकाले केहि करारका कर्मचारीहरुको तलभ भत्ता दिन बाकि रहेको भएपनि निकासा हुने वित्तिकै कर्मचारीहरुलाई प्रदान गरिने उहाँको भनाई छ । साथै गत आर्थिक बर्षमा सञ्चालीत केहि योजनाहरुको भुक्तानी गर्न बाकि रहेकाले निकासा भएपछि भुक्तानी गर्ने गृहकार्यम रहेको उहाँको भनाई छ ।
सोमबार कोलेनिकाले निकासाका लागि बोलाएकोले आइतबार नगरपालिकाको बैठक बस्ने तयारीमा रहेको उहाँको भनाई छ ।
भुक्तानी हुन बाकि रहेका योजनाहरुका उपभोक्ता समिति र तलभ नपाएका करारका कर्मचारीहरुले कुनै विरोध नगरेको भएपनि त्यस संग सम्बन्धीत नरहेको पक्षले तालाबन्दी गरेको उहाँको भनाई छ ।
शुक्रबार दिउसो साढे दुई बजे तिर लगाइएको ताला आधा घण्टामै खोली सेवा प्रवाह गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक सिह कुवँरको भनाई छ । “हामीले कार्यालय खोलेर सेवा दिएका थियौ, हामी गएपछि फेरि तालाबन्दी गरेको भन्ने छ, तालाबन्दी गरेको भए आईतबार खुल्छ” प्रमुख प्रशासकिय अधिकृत टेक सिह कुवरले भन्नुभयो ।
संघर्ष समिति संयोजक राजेन्द्र विष्टका अनुसार प्रदेश सरकारले शैल्यशिखर नगरपालिकालाई नगरपालिका भित्र रहेका विद्यालयका कार्यालय सहयोगीहरुलाई वितरण गर्नु भनि दिएको भत्ता समेत वितरण गरेको छैन । ‘नगरपालिकाले हाल सम्म आफ्नो प्रशासनिक भवन बनाउन सकेको छैन, करारका केहि कर्मचारीले तलभ पाइरहेका छैनन्, गत आर्थिक बर्षमा सञ्चालन गरिएको केहि योजनाको अन्तीम भुक्तानी अझै बाकि रहेको छ, कोरोनामा नगरपालिकाले गरेको खर्च विवरण समेत सार्वजनिक गरेको छैन, यस्ता किसिमका क्रियाकलापका विरुद्ध तालाबन्दी गरेका हौ’ उहाँले भन्नुभयो ।
विष्टको टोलीले एक दिन अघि योजनाको भुक्तानी हाल सम्म नगरिएको र करारका कर्मचारीहरुको तलभ सुविधा हाल सम्म नदिइएको विषयमा जानकारी गराउन २४ घण्टे अल्टीमेटम दिएको थियो । नगरपालिकाले सुनुवाई नगरेपछि तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !