शुक्रबारदेखि अबरुद्ध दार्चुलाको फोन तथा इन्टरनेट सुचारु

733
ब्यास गाउँपालिका वडा नम्बर दुई राप्लाको रिपुधारमा रहेको नमस्ते फोन सेवाको टावर

दार्चुला, माघ ४ गते । शुक्रबार देखि अबरुद्ध दार्चुलाको फोन तथा इन्टरनेट सेवा आईतबार बिहान १० बजेदेखि सुचारु भएको छ । बैतडीको सतबाज क्षेत्र नजिक रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अप्टीकल फाइबर काटीएको हुदाँ शुक्रबार बेलुकी करिब ७ बजेदेखि फोन तथा इन्टरनेट सेवा प्रभावित भएको टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिनुभयो ।
“कसैले टावरको अप्टीकल फाइबर काटेको भन्ने बुझियो, शक्रबार बेलुकी सात बजे देखि अवरुद्ध भएको फोन तथा इन्टरनेट आइतबार सवा १० बजे देखि सुचारु भएको छ” टेलिकम दार्चुलाका प्रमुख गुरुङले भन्नुभयो ।
फाइबरको मर्मत शनिबारदेखि नै सुरु गरिएको थियो । शनिबार बेलुकी नै फोन तथा इन्टरनेट सेवा सुचारु गर्ने गरी मर्मत कार्य गरिएपनि आईतबार बिहान १० बजेदेखि मात्रै सञ्चालन गर्न सकिएको हो । दुई दिन देखि इन्टरनेट तथा फोन सेवा प्रभावित हुदाँ आवस्क खबर आदान प्रदान देखि बैकं,वित्तिय संस्था, सरकारी कार्यालय तथा सञ्चार माध्यमहरुको कार्य प्रभावित बनेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !