शिखर जात्राको अवसरमा शैल्यशिखरमा सार्वजनिक विदा

0
670

दार्चुला, साउन ७ गते ।
राष्ट्रको सातौ धाम शिखरमा पुजन जात्राको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

असार शुक्ल चर्तुदशी तीथिका दिन लाग्ने पुजन जात्राको अवसरमा भोली शुक्रबार नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले जानकारी दिनुभयो । असार शुक्ल चर्तुदशी तीथि साउन ८ गते पर्न गएकाले उक्त दिन सार्वजनिक विदा रहेको नगरपालिकाले एक सार्वजनिक सूचना जारी गरि जानकारी दिएको छ । शिखर पुजन जात्रामा दार्चुला लगायत सुदुपश्चिम प्रदेश तथा भारतको पिथौरागढ जिल्ला क्षेत्रका दर्शनार्थीहरु समेत दर्शन गर्न आउने गरेका छन् ।