शिक्षण संस्थाहरु बन्द नगर्ने महाकाली नगरपालिकाको निर्णय

965

दार्चुला, चैत्र १७ गते ।
दार्चुलाको महाकाली नगरपालिकाले नगरक्षेत्र भित्र रहेका शिक्षण संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ ।

वायु प्रदुषणका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार देखि चार दिन सम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरे पनि नगरपालिकाले नियमित रुपमा पठनपाठन सुरु गर्ने जनाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै महाकाली नगरपालिकामा वातावरणीय प्रतिकुलता नदेखिएकाले महाकाली नगरपालिका क्षेत्रभित्रका विद्यालय पूर्ववत् रुपमै सुचारु हुने नगरपालिकाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !