व्यास गाउँपालिकाको प्रवक्तामा उपेन्द्र सिह धामी 

674

दार्चुला, जेठ १४ गते । 

व्यास गाउँपालिकाको प्रवक्तामा वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीलाई चयन गरिएको छ ।

शनिबार बसेको व्यास गाउँकार्यपालिकाको बैठकले प्रवक्तामा धामीलाई चयन गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णानन्द बडुले बताउनुभयो । त्यसैगरि बैठकले स्थानीय सरकार सञ्चालनका लागि आवस्यक पर्ने विभिन्न दश वटा समितिहरु गठन गरेको छ । न्यायीक समिति, विधायन समिति लगायत विभिन्न दशवटा समितिहरु गठन गरिएको उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया दिनुहोस् !