व्यासको तुसरपानी पहिरोको उच्चको जोखिममा

666
फाईल फोटोः तुसरपानी गाउँ

दार्चुला, असार ४ गते ।
व्यास गाउँपालिका वडानम्बर ३ को तुसरपानी पहिरोको उच्च जोखिममा रहेको छ ।

कमजोर भु–वनोट रहेको तुसरपानी पहिरोको उच्च जोखिमा रहेको ब्यास गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले जानकारी दिनुभएको छ । तिन, चार दिनदेखि लागातार भइरहेको वर्षाले सिनामा रहेको रिठिङगाडमा पानी बढेपछि वडानम्बर ४ सुन्सेरा र सिना आवातवाजतमा समस्या भएको वडाअध्यक्ष धामीले बताउनुभयो ।
रिठिङ खोलामा रहेका पुलमा आवतजावत गर्न पनि समस्या भएको वडाअध्यक्ष धामीले बताएका छन् । पुलको छेउतिर पहिरो खसिरहेकोले आवतजावतमा समस्या भएको उनले बताउनुभयो ।
वडाअध्यक्ष उपेन्द्रसिह धामीले लागातारको वर्षातले पहिरो खस्ने सम्भावना बढिरहेकोले सवै वडाबासीलाई सुरक्षित, सचेत रहन आग्रह आग्रह गर्नुभएको छ । साथै वडाध्यक्ष धामीले रिठिङगाडमा पानीको वहाब बढेकोले आवतजावत नगर्न समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !