व्याडमिन्टन प्रतियोगितामा विनोद र रामको जोडी प्रथम

0
1905

दार्चुला, माघ १२ गते ।
भारतीय गणतन्त्र दिवसको अवसरमा शनिवार सञ्चालन गरेको व्याडमिन्टन प्रतियोगितामा विनोदसिह बुढाथोकी र रामसिह ह्याकीको जोडी प्रथम भएको छ ।
प्रान्तिय व्यापार मण्डल धारचुलाको आयोजनामा भएको प्रतियोगितामा ८ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनलमा विनोद र रामको टीमले दिपक पुनेठा र जागिर हुसैनको जोडीलाई जितेको हो । बुढाथोकी नेपाली खेलाडी हुन् ।
शनिवार विहानदेखि सुरु भएको प्रतियोगिता साँझ अबेरसम्म सञ्चालन गरिएको थियो । धारचुलास्थित जोहारसिह नवियाल स्टेडियममा सञ्चालन भएको प्रतियोगितामा व्यापार मण्डलका अध्यक्ष भूपेन्द्र थापा, महासचिव नवीन खर्कवाल र खेलाडीहरुको उपस्थिति रहेको थियो ।
आइतवार गणतन्त्र दिवसको अवसरमा प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिने व्यापार मण्डल धारचुलाले जनाएको छ । आइतवार भारतमा गणतन्त्र दिवस मनाइदै छ ।