व्याँसमा पुलुमको जाम बनाउने तालिम

444

दार्चुला, असार २ गते ।

व्याँस गाउँपालिकामा पुलुमको जाम बनाउने तालिमको सञ्चालन गरिएको छ । गाउँपालिकाको कृर्षि शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार उच्च पहाडी एबं हिमाली क्षेत्र समृद्धि विकास कार्यक्रम अन्र्तगत बुधबार उक्त तालिमको आयोजना गरिएको कृर्षि शाखा प्रमखु विश्वेश्वर प्रसाद बडुले जानकारी दिनुभयो ।

कार्यक्रम अन्र्तगत बुधबार र विहिबार वडा नम्बर ४, शुक्रबार र शनिबार वडा नम्बर ३ र आईतबार वडा नम्बर ५ का २०/२० जना व्यक्तिहरुलाई पुलुमको जाम बनाउने तालिम दिइदैछ । व्यास गाउँपालिकाको सुन्सेरा, सिना, धौलाकोट क्षेत्रमा प्रसस्त पुलुम उत्पादन हुने भएकाले जाम बनाउने तालिम दिई स्थानीयलाई आत्मर्निभर बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो । तालिमका सहभागिलाई सिआरडिएस नेपालका धनन्जय जोशीे तथा कृर्षि शाखा संयोजक विश्वेश्वर प्रसाद बडुले तालिम दिइरहेका छन् । व्यास क्षेत्रमा उत्पादन हुने पुलुमको जाम बनाइ बजारीकरणमा गाउँपालिकाले सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !