व्यवसायी कुवँरको शोकमा खलंगा बजार बन्द गरिने 

1301
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, साउन २० गते ।  

जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएका ब्यवसायी लोकेन्द्र कुवरको शोकमा दार्चुला सदरमुकाम खलंगा बजार बुधबार दिउसो एक बजे सम्म बन्द गरिने भएको छ ।
दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाले महाकाली नगरपालिका बजार क्षेत्रका उद्योग ब्यवसायीहरुलाई साउन २१ गते बुधबार विहान देखि दिउसो १ बजे सम्म पसलहरु बन्द गर्न अनुरोध गरेको छ ।
दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाका साधारण सदस्य समेत रहेका कुवँरको शोकमा बजार बन्द गरिन लागेको उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर सिह महराले जानकारी दिनुभयो ।
ब्यास गाउँपालिका वडा नं ५ का स्थानिय २८ बर्षिय युवा लोकेन्द्र कुवर दार्चुला सदरमुकाम खलंगामा प्रफेक्ट इलेक्ट्रोनिक प्रा.लि को सञ्चालन गरि ब्यापार ब्यवसाय गर्दै आएका थिए ।
श्वास प्रश्वासको समस्या भई जिल्ला अस्पत्ताल दार्चुलाको इमरजेनसी वार्डमा आइतबार राती भर्ना भएका कुवरको सोमबार विहान २ बजेतिर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !