विभागले पठाउन खोजेका मेहतालाई मन्त्रालयले रोक्यो

0
2316

दार्चुला ।
अपिनाम्पा संरक्षण क्षेत्रमा प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको स्थानमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपसचिव किशोर मेहतालाई पठाउने तयारी गरेको छ । तर विभागको तयारीलाई वन तथा भूसंरक्षण मन्त्रालयले रोकिदिएको छ ।
अपिनाम्पाबाट उपाध्यायको काज सरुवा गरिएपछि मेहतालाई प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी दिन विभागले टिप्पणी समेत उठाएर मन्त्रालयमा फाइल पेश गरेको स्रोतले बतायो । तर विभागको अगाडि बढाएको फाइल मन्त्रालयको कर्मचारी प्रशासन शाखामा अडकिएको छ । उपसचिवस्तरका कर्मचारीको सरुवा सचिवले गर्ने भएपछि विभागले मन्त्रालयमा टिप्पणीसहितको फाइल पठाएको हो ।
सरुवाको टिप्पणीसहितको फाइल मन्त्रालय पुगेको हप्तादिनभन्दा बढी भइसकेको छ । मन्त्रालयले अपिनाम्पामा मेहता पठाउन नखोजेकोले फाइल पेन्डिङ राखिएको स्रोतको भनाई छ । स्रोतका अनुसार मन्त्रालयका अधिकारीहरुले अपिनाम्पामा अर्का उपसचिव रामचन्द्र खतिवडालाई पठाउने चाहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले किशोर मेहताका लागि टिप्पणीसहितको फाइल पठाएपछि मन्त्रालयले यसलाई प्राथमिकता दिएको छैन । भदौ महिनामा कर्मचारीको नियमित सरुवा नभएसम्म अपिनाम्पामा तत्काल नयाँ प्रमुख संरक्षण संरक्षण अधिकृत आउने सम्भावना नरहेको एक कर्मचारीले बताए ।
प्रमुख संरक्षण अधिकृत नआउदासम्म अपिनाम्पामा निमित्त प्रमुख रहेका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीलाई नै कर्मचारीलाई तलबभत्ता खुवाउने अधिकार रहेको कर्मचारी बताउँछन् ।
तपाई भूपरिधि कार्यक्रम (ताल) चितवनमा कार्यरत किशोर मेहतालाई विभागले अपिनाम्पाको जिम्मेवारी दिन खोजेको छ । मेहताको क्षमतावान र मिहनेती व्यक्तिको रुपमा कर्मचारीमाझ राम्रो छवि रहेको एक कर्मचारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here