विपदमा उद्धार तथा राहतका लागि पिथौरागढमा हेलिकोप्टर तैनाथ

0
826
फाईल फोटो

दार्चुला, साउन ३ गते ।
भारतको उत्तराखण्ड सरकारले बर्षादमा हुने बाढी पहिरो लगायतका विपद्मा उद्धारका लागि पिथौरागढमा हेलिकोप्टर तैनाथ गरेको छ ।

उत्तराखण्ड सरकारका मुख्य मन्त्री पुस्कर सिह धामीले उद्धारका लागि हेलिकोप्टर तैनाथ गन स्विकृती दिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । मुख्य मन्त्री धामीले बर्षादमा हुने दैविक प्रकोपको समयमा तत्काल राहत तथा उद्धार कार्यका लागि दुई महिना सम्म हेलिकोप्टर तैनाथ गरेका हुन् । बाढी पहिरोको समय बाहेक स्थानियहरुको यातायातका लागि समेत हेलिकोप्टर प्रयोग गर्न सकिने छ । अतिरिक्त समयमा प्रतिघण्टा प्रतिब्यक्ति तीन हजार भाडादरले प्रयोग गर्न सकिने छ ।