विनाभिसा पाँच देशमा घुम्न पाँउछन् भारतीय नागरिक, नेपाल सस्तो र सुन्दर गन्तव्य

2325

दार्चुला, माघ ५ गते ।
छिमेकी भारतका नागरिकले विनाभिसा पाँच देशमा घुम्न पाउने व्यवस्था छ । भारतीय पत्रिका अमर उजालाको अनलाइन संस्करणले नेपालसहित ५ देशमा विनाभिसा भारतीय नागरिकले भ्रमण गर्न पाउने उल्लेख गरेको छ ।
विनाभिसा भ्रमण गर्न पाउने देशहरुको सुचीमा नेपाल पहिलो नम्बरमा छ । भारतसंग भौगोलिक सीमा जोडिएको नेपाल सहज, सस्तो र सुन्दर गन्तव्य भएको अमर उजालाले जनाएको छ । भारतीय नागरिकले आफ्नो परिचय खुल्ने जुनसुकै आइडी देखाएर नेपाल भ्रमण गर्न सक्ने व्यवस्था रहेको अनलाइनमा उल्लेख छ ।
अर्को दक्षिण एसियाली मुलुक भुटानमा पनि भारतीय नागरिकलाई विनाभिसा भ्रमण गर्न पाउने व्यवस्था छ । पासपोर्ट देखाएर भारतीय नागरिकले भुटानमा भ्रमण गर्न पाउछन् । भिसा भने आवश्यक नपर्ने व्यवस्था छ । अमर उजालाको अनलाइन संस्करणले भुटानलाई प्राकृतिक सुन्दरताको गन्तव्यमा राखेको छ । भुटानमा प्रदुषण नभएको पनि उल्लेख छ ।
मारिससमा भारतीय नागरिकले पासपोर्टका आधारमा ९० दिनसम्म भ्रमण गर्न पाउछन् । त्यहाँ पनि भिसा लगाउनु पर्दैन । समुद्री किनाराका देशहरु माल्दिभ्स र फिजीमा पनि भारतीय नागरिकलाई विनाभिसा भ्रमण गर्न पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !