विधायक हरिश धामीमा कोरोना संक्रमण

0
937

दार्चुला, असोज २ गते ।
भारतको उत्तराखण्ड विधानसभा सदस्य हरिश धामीमा कोरोना संक्रमण पुष्टि भएको छ । काग्रेस कार्यकर्ता राजु धामीलाई उद्दृत गर्दै हिन्दुस्तान दैनिकको अनलाइन संस्करणले विधायक धामीलाई कोरोना संक्रमण भएको जनाएको छ ।
हाल देहरादूनमा रहेका विधायक धामीलाई केही दिनदेखि श्वासप्रश्वासमा असजिलो भएको काग्रेस कार्यकर्ता राजु धामीले हिन्दुस्तान दैनिकलाई बताएका छन् । शुक्रवार देहरादूनस्थित एउटा नीजि अस्पतालमा परीक्षण गराउदा विधायक धामीमा कोरोना पोजेटिभ देएिको उहाँले बताउनुभयो ।
विधायक धामीलाई अस्पताल आइसोलेशनमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विधायक धामीको सम्पर्कमा आएका सबै काग्रेस कार्यकर्ताको कोरोना परीक्षण भइरहेको जनाइएको छ ।
काग्रेसबाट उत्तराखण्ड विधानसभामा प्रतिनिधित्व गर्ने विधायक धामी धारचुला–मुनस्यारी क्षेत्रका जनप्रतिनिधि हुनुहुन्छ ।