विद्युत विस्तार नहुदै लेकममा पोल ढल्न थाले

0
764

दार्चुला, जेठ २२ गते ।
लेकम गाउँपालिकामा विद्युतीय पोल ढल्न थालेको स्थानीयहरुले गुनासो गरेका छन् । विद्युतीकरणकोे कार्य लापराबही भएकाले केही हप्ता अघि विद्युती पोल ढलेको स्थानीयहरुको गुनासो छ । वडा नम्बर १ सर्माेलीमा केही हप्ता पहिले विद्युतीय पोल ढलेको स्थानिय पत्रकार दिपक साउलले बताउनुभयो ।


ठेकेदारले लेकम गाउँपालिकामा विद्युतीय पोलहरु समेत जहाँ पायो त्यही फालिदिएको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनु भयो । पोलहरु गाड्नुपर्ने स्थानमा नपु¥याई आधा बाटोमै छाडिदिएको गाउँपालिका अध्यक्ष जोशीको भनाई छ । विद्युतीकरणको कार्य प्रभावकारी नहुदाँ स्थानीयहरुले जनप्रतिनिधिहरुसंग गुनासो गर्ने गरेको उहाँले बताउनु भयो । सबै वडामा विद्युत पोलहरु तान्ने काम भइरहेपनि वडा नम्बर ४, ५ र ६ का केही घरधुरीमा बत्ती समेत बलेको छ तर अन्य क्षेत्रका स्थानीयले बत्ती बाल्न पाएका छैनन् ।
उक्त क्षेत्रमा ठेक्काको जिम्मेवारी पाएका ठेकेदार भानुभक्ता जोशीले भने अहिले कोरोना महामारीका कारण कामदारहरु जान नमानेकाले अवस्था सामान्य भए काम तीब्र रुपमा काम गरिने ठेकेदारको भनाई छ । पोल ढल्न थालेको हाम्रो जिज्ञाशामा ठेकेदार जोशीले पोल ढल्नु ठूलो कुरो नभएको प्रतिक्रिया दिएका हुन् । ‘पहाडी ठाउँ, हावाहुरी चल्छ, पोल ढल्नु ठूलो कुरा होइन’ ठेकेदारले हलुका ढंगले लिदै भन्नु भयो । विद्युत् चार्ज गर्न बाँकी रहेकाले चार्ज गर्ने बेला अझै बलियो बनाउने गरी बनाइने उनको भनाई छ । साथै पोलहरु जथाभाबी रुपमा फाल्ने काम गर्ने गरेको भन्ने जिज्ञाशामा ठेकेदार जोशीले कार्यालयले भने अनुसार काम गर्ने छोटो जवाफ दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका एक कर्मचारीले भने ठेकेदारले पोल ढल्ने गरी नबनाउने तर्क गर्नु भयो । तर लेकममा पोल ढलिसकेको घट्ना सुनाउदाँ कार्यालय पनि हेर्ने र गुणस्तरीय काम बनाउनमा जोड दिइने बताएका छन् ।