विद्युत लाईनमा रुख ढालिएको भन्ने विद्युत प्राधिकरणको बोली फेरियो,दार्चुला अन्धकारमै

0
1593
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

बिरा दत्त भट्ट, दार्चुला । 
भाद्र १८ गते । मंगलबार दिउसो गोकुलेश्वरमा राष्ट्रिय विद्युत प्रसारण लाइनका विद्युतीय तारहरु चुडिदाँ विगत तिन दिन देखि दार्चुलामा अन्धकार भएको छ । शैल्यशिखर नगरपालिका गोकुलेश्वरको गाजरी भन्ने ठाउँमा रुख ढलेर विद्युतीय तारहरुमा पर्दा विद्युत अवरुद्ध भएको विद्युत प्राधिरकण वितरण केन्द्र दार्चुलाले जनाएको छ । यद्दपी स्थानियहरुले सो क्षेत्रमा रुख ढालेको हो वा रुख आफै ढलेको हो भन्ने विषयमा विद्युत कार्यालयकै कर्मचारीहरुको बोली फरक–फरक पाइएको छ ।
बुधबार विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको ०९३४२०१३५ मा कालापानी न्युज डटकमले फोन सम्पर्क गरि सोध्दा एक जना कर्मचारीले सो क्षेत्रका स्थानियले रुख काटेर ढाल्दा विद्युतीय तारहरु चुडिएको जानकारी दिएका थिए । विद्युतीय तारहरु नजिकको रुख काट्दा स्थानियले विद्युत कार्यालयलाई त फोन गर्नु पर्थ्र्यो । लापरवाहिले विद्युत अवरुद्ध भयो ति कर्मचारीले भनेका थिए ।
तर विहिबार विद्युत कार्यालयका कर्मचारीहरुले बोली फेरेका छन् । विहिबार कार्यालयको फोन नम्बर ०९३४२००५३ मा सम्पर्क गर्दा खिन्याको रुख आफै ढलेको र रुख ढल्दा १ सय ३२ केभि राष्ट्रिय प्रसारण लाईनका तारहरु चुडिएको कार्यालयका कर्मचारी मदन जोशीले जानकारी दिए ।
मंगलबार शैल्यशिखरको नायल भन्ने ठाउँमा रुख ढलेको अवस्थामा नत हावाहुरी चलेको थियो । नत ठुलो पानी नै परेको थियो । सामान्य अवस्थामा रुख नढल्ने डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख गोकुल रिजालको भनाई छ । हावाहुरी लागे, रुख सडेको अवस्थामा भए बर्षादको समयमा माटो पनि कमजोर भएकाले रुख ढल्ने उहाँको तर्क छ ।
यदि विद्युतको लाइन नजिक रुख ढल्ने अवस्थामा भए विद्युत कार्यालयले समयमै ब्यवस्थापन गर्नुपर्ने र ब्यवस्थापन नगरिनु विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको लापरवाही भएको नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीको भनाई छ ।
स्थानियले रुख काटेर ढाल्दा विद्युत लाइन अवरुद्ध भएको भए कारवाही हुन सक्ने छ । विद्युत अवरुद्ध गर्ने मनसायले रुख लाइनमा ढालेको भए सार्वजनिक मुद्दा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
विद्युत् मर्मतका लागि विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाबाट निमित्त कार्यालय प्रमुख कुलदीप सदाको नेत्वको टोली बुधबार विहान् त्यसतर्फ गएको छ । साथै विद्युतको क्षेत्रिय कार्यालयबाट पनि प्राविधिकहरु आएर लाइन मर्मतको काम भइरहेको विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । विगत तिन दिन देखि विद्युत अवरुद्ध हुदाँ दार्चुलामा सम्पुर्ण किसिमका विद्युतीय कामकाजहरु प्रभावित बनेका छन् ।