विद्युतीकरण गर्न माग गर्दै महाकाली लोकमार्ग चक्काजाम

692

दार्चुला मंसिंर १२ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न ६ पनेबाजमा स्थानियहरुले एक घण्टा महाकाली लोकमार्ग चक्काजाम गरेका छन् । गाउँमा विद्युतीकरण नभएको भन्दै मालिकार्जुन गाउँपालिका वडा नं ३ र शैल्यशिखर नगरपालिका वडा नं ६ का स्थानीयहरुले एक घण्टा पनेबाज बजार र सडक चक्काजाम गरि शान्तीपुर्ण आन्दोलन गरेका हुन् ।
चमेलिया विद्युत जिल्लामै हुँदा पनि हालसम्म विधुत् बाल्न नसक्नु विद्युत प्राधिकरण र ठेकेदारको चरम लापर्वाही भएको स्थानीयहरुले बताएका छन् । तत्काल विद्युत बाल्ने काम नगरे मसिंर १५ गते चमेलिया बिद्युत पावर हाउसमै गएर आन्दोलन गर्ने नेपाल तरुण दलका नेता दिपेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
गाउँमा विगत तिन बर्ष पहिले नै पोल गाड्ने काम गरिएको भएपनि अधिकाशं घरधुरीमा लाइन विस्तार गरिएको छैन ।
विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको लापरबाहीले गाउँमा विद्युत लाइन विस्तार नभएको भन्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको आन्दोलनका संयोजक जगदीश सिंह धामीको भनाई छ । आफुहरुको माग पुरा नभए थप कडा आन्दोलन गर्ने उहाँको भनाई छ ।
स्थानीयहरुले कार्तिक २४ गते लक्ष्मी पूजाको दिनसम्म विद्युतिकरण गर्नुपर्ने माग सहित विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई निवेदन दिएका थिए । स्थानियहरुका अनुसार अहिलेसम्म शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा पोल गाडिए पनि लाइन बिस्तार भएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !