विद्यालयमा छात्राहरुको व्यक्तिगत सरसफाई व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
221

दार्चुला,पुष १० गते ।
दार्चुलामा सामुदायिक विद्यालयहरुमा छात्राहरुको व्यक्तिगत सरसफाई व्यवस्थापन सम्बन्धी प्रधानाध्यापक र लैंगिक सम्पर्क शिक्षकहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय दार्चुलाले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको हो । जिल्लाका सामुदायिक विद्यालयहरुमा महिनावारी हुँदा धेरै छात्राले विद्यालय छोडने भएकाले उनीहरूले विद्यालय छोडन नपरोस् भनेर यस प्रकारको कार्यक्रम ल्याइएको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनु भएको छ । जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम चालु आर्थिक वर्षबाट संञ्चालनमा रहेको सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयले विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड र खानेपानी व्यवस्थापनका लागि बजेट दिने जनाएको छ । कार्यालयले यसका लागि प्रत्येक स्थानीय तहलाई प्रत्राचार गरेपछि स्थानीय तहले छनोट गरेका विद्यालयहरुमा यो कार्यक्रम संञ्चालन हुने बताइएको छ । कार्यालयले प्रतिविद्यालय १ लाख ५० हजार रुपैँया बजेट दिने जनाएको छ । विद्यालय उमेरका छात्राहरुका लागि झनै जटिल हुने तथा नियमित सरसफाइ, गाउँमा रहेको पुरानो चलन अनुसारको रहनसहन, शारिरीक रुपमा हुने समस्याले थप पीडा सहनु नपरोस भनेर सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय दार्चुलाले यो कार्यक्रम संञ्चालनमा ल्याएको जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
नौ वटै स्थानिय तहका १८ वटा विद्यालयमा स्यानिटरी प्याड र खानेपानी व्यवस्थापनमा बजेट विनीयोजन
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय दार्चुलाले जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकागरी जम्मा १८ वटा विद्यालयहरुमा स्यानिटरी प्याड र खानेपानी व्यवस्थापनका बजेट विनीयोजन गरेको जनाएको छ । छनोट भएका विद्यालयहरुमा कार्यालयले १ लाख ५० हजारका दरले बजेट विनीयोजन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी मावि क्षेति,भवानी मावि सौउगन्ना,मार्मा गाउँपालिकाको तपोवन मावि पडपडा,लटिनाथ मावि रस्कोट,नौगाड गाउँपालिकाको गणेश विनायक मावि सिप्टी,जनहित मावि धुलिगाडा,शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वर र कृष्ण मावि बलचा छनोटमा परेका छन् । यस्तै लेकम गाउँपालिकाको बडिपुर मावि सर्मोली,हुनैनाथ मावि कुणी,मालिकार्जुन गाउँपालिकाको कृष्ण मावि डाडाकोट,मालिकार्जुन मावि मड प्रेमनगर,महाकाली नगरपालिकाको छान्ना तिंकरी कन्या मावि र मालिकार्जुन नमुना मावि धाप विद्यालय छनोटमा परेको सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ । यस्तै जिल्लाको दुहुँ गाउँपालिकाको गौरलमाण्डौ मावि हिकिला,गणेश मावि सिमली,व्यासँ गाउँपालिकाको सम्पाल मावि सुन्सेरा र हिमालय मावि हुति विद्यालय गरी जम्मा १८ वटा विद्यालयहरुमा स्यानिटरी प्याड र खानेपानी व्यवस्थापनका लागि बजेट विनीयोजन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।