विदेशमा रहेका नागरिकहरुलाई स्वदेश ल्याउन नौगाड गाउँपालिकाको आग्रह

0
1173

कालापानी न्युज, दार्चुला । नौगाड गाउँपालिकाले स्वदेश आउन चाहाने विदेशमा रहेका नेपाली नागरिकहरुलाई फिर्ता ल्याउन प्रदेश सरकार र संघिय सरकार संग आग्रह गरेको छ ।
भारत लगायत तेस्रो मुलुकमा अलपत्र अवस्थामा भोकाभोकै खुल्ला आकाश मुनि रहन बाध्य रहेका नागरिकहरुलाई सम्बन्धीत देश संग समन्वय गरि खाने बस्ने ब्यवस्था गरिदिन र नेपाल आउने चाहाने नागरिकहरुलाई नेपाल भित्र्याई आवस्यक स्थास्थ्य चेकजाच गरि क्वारेन्टाइनमा राखी सबै तहका सरकारको समन्वयमा घर पठाउने बताबरण मिलाउन नेपाल सरकार र प्रदेश सरकार लाई अनुरोध गर्दछौ, अनुरोध पत्रमा भनिएको छ ।
संकटकालीन घडिमा बाध्यात्मक परिस्थितिका कारण विश्वभरी रहेका नेपाली दाजुभाईहरु निकै कष्टमा रहेका खबरहरु प्रति दिन आइरहेकाले देश बाहिर अलपत्र अवस्था रहेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याएर स्वास्थ्य परिक्षण र सावधानी अपनाई उनिहरुको ब्यवस्थापन गर्न सकिने नौगाड गाउँपालिकाको धारणा छ ।
सिमामा अलपत्र रहेका नेपाली नागरिकहरु लुकीछिपी भित्रीने क्रम जारि रहेकाले यस्तो अवस्थाले झन् त्रास बढेको गाउँपालिकाले जनाएको छ ।
असुरक्षीत आवागमन लाई ब्यवस्थीत गर्नका लागी भएपनि विदेशमा अलपत्र नागरिकहरु स्वदेश भित्र्याउनु पर्ने धारणा गाउँपालिकाले ब्यक्त गरेको छ ।

नौगाड गाउँपालिकाको अनुरोधपत्र हेर्नुहोस ।