विएसएनएलको सञ्चार सेवा अवरुद्ध

0
634
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

 दार्चुला, फागुन १५ गते । 

भारतीय सञ्चार सेवा विएसएनएल एक हप्ता देखि अवरुद्ध भएको छ । पिथौरागढ जिल्लाको धार्चुला देखि झलाघाट सम्म विएसएनएलको सञ्चारसेवा अवरुद्ध भएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । 

सञ्चारसेवा अवरुद्ध हँुदा बैंक र डाक घरहरुको सेवा प्रभावित भएको छ । साथै सरकारी पेन्सन सुविधा पाउने बृद्ध नागरिकहरु सबै भन्दा बढी प्रभावित भएका छन् । धार्चुला, जौलजिविबालुकोटमा बैंकिङ सेवा उपलब्ध छ । महिनाको अन्तिममा पेसन्सन बुझ्न टाढा टाढाको गाउँबाट आएका बृद्धहरु विएसएनएलको सञ्चार सेवा अवरुद्ध हुँदा समस्यामा परेका छन् । लाइनमा समस्या हुदाँ विएसएनएलको इन्टरनेट सेवा अवरुद्ध भएको तथा कर्मचारीहरु समाधानमा लागेको विएसएनएल धार्चुलाका प्रतिनिधि एनएस रावतको भनाई छ ।