वत्तिस संस्था मात्रै नविकरण

0
2253

दार्चुला, मंसिर १२ गते ।
चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा ३२ संस्थाले मात्रै नविकरण गराएका छन् । जिल्लाभरी ३ सयभन्दा बढी संस्था दर्ता भए पनि नियमित नविकरण भई क्रियासिल रहेका संस्थाहरु धेरै कम छन् ।
भदौ महिनामा ११ वटा, असोजमा १५ वटा, कार्तिकमा ४ वटा र मंसिर ७ गतेसम्म २ वटा संस्थाको नविकरण भएको छ । गत आर्थिक वर्षमा जिल्लाभरीका ५६ वटा संस्थाको नविकरण भएको प्रशासनको अभिलेख छ ।