वडामै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिदै

0
436

दार्चुला, साउन १८ गते ।

दार्चुलामा जिल्ला भरिका प्रत्येक वडामा पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिदै छ । घर नजिकै नागरिकलाई सेवा सुविधा दिन वडामै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिन लागेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताउनुभयो ।

मंगलबार दार्चुला सदरमुकाम खलंगामा जिल्ला भरिका स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीहरु संग विभागले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्र्तक्रिया कार्यक्रममा वडा स्तरमा सञ्चालन गरिन लागेको राष्टिय परिचयपत्रको विवरण संकलन अभियानबारे सरोकारवालाहरुलाई जानकारी गराइएको छ । हाल महाकाली नगरपालिकाको वडाहरुबाट विवरण संकलन सुरु गरि दशैभित्र जिल्लाका ६१ वटै वडाहरुमा टोली पुगेर विवरण संकलन गरिसक्ने लक्ष्य रहेको विभागका महानिर्देशक भट्टराईको भनाई छ । सरकारले दिने हरेक सेवा सुविधामा राष्टिय परिचयपत्र अनिवार्य गरिन लागेकाले नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुलाई गाउँघरमा टोली पुगेका बेला विवरण संकलन गराउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ । दार्चुलामा हाल सम्म ६ हजार ५ सय ५७ जना पुरुष र २ हजार ६ सय २१ जना महिला गरि जम्मा ९ हजार १ सय ७८ जनाले राष्टिय परिचयपत्रका लागि नाम दर्ता गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताउनुभयो ।