वडाध्यक्ष धामी भन्छन् ‘मालघाटको घटना एसएसबीकै कारणले भएको हो’

0
753
फाइल फोटोः घटनास्थल ब्यास २ मालघाट

दार्चुला, साउन १७ गते ।
ब्यास गाउँपालिका वडा नं २ मालघाटको घटना एसएसबीकै कारण भएको घटना भएको केही छिनपछि उक्त घटनास्थलमा पुगेका ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीको भनाई छ ।

घटना भएको सुनेपछि आफु दार्चुला सदरमुकाम खलंगा बाट भारतको पाङला गएको वडाध्यक्ष धामीले बताए । पाङला प्रहरीमा जय सिह धामीका आफन्तले दिएको जाहेरीको दर्ताको कपि उपलब्ध गराउन अनुरोध गर्दा आफुलाई नदिएको र प्रहरीले घटना एसएसबी बाट नभएको भन्दै घटनाको ढाकछोप गर्न खोजेको उहाँको भनाई छ ।
जय सिह धामी महाकाली नदीमा खसाल्ने एसएसबीहरुलाई घटना भएको केहि समयमा धार्चुला ल्याइएको समेत पाङ्लाका स्थानियहरुबाट जानकारी भएको वडाध्यक्ष धामीले बताउनुभएको छ । घटना स्थलका मान्छेहरुलाई बुझ्दा एसएसबीकै कारण घटना भएको देखिएको उहाँको भनाई छ । जयसिह धामी पारि पुग्नै लाग्दा एसएसबीले खोलेको तुईन मान्छे सहित महाकाली नदीमा खसेको थियो । घटनामा संलग्न एसएसबीलाई कानुनि कारवाहीका लागि नेपाल सरकारले पहल गर्नुपर्ने तथा पिडित परिवारलाई उचित राहत दिनुपर्ने वडाध्यक्ष उपेन्द्र सिह धामीको माग छ । साथै स्थानिय सरकारले पिडित परिवारलाई उचित राहत दिने उहाँले बताउनुभएको छ ।