लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी स्थापना

0
595

दार्चुला, असोज ८ गते ।
लेकम गाउँपालिकाको केन्द्र रातामाटामा विहिबार प्रहरी चौकी उद्धघाटन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरेको सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
प्रहरी सहायक निरीक्षक नारायण बिष्टको नेतृत्वमा १० जना नेपाल प्रहरीको टोली खटिएको प्रहरी निरीक्षक चन्दले बताउनु भयो । प्रहरी चौकीका लागि गाउँपालिकाले भवन उपलब्ध गराएको छ ।
वडा नम्बर ४ का कार्यबाहक वडाध्यक्ष कृष्ण पन्तको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा चौकी उद्घाटन गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको टोली लेकम गाउँपालिकाले पुगेको थियो ।
लेकम गाउँपालिकाको मागमा जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिममा प्रहरी चौकी स्थापना गरिएको हो ।रातामाटामा सुरक्षा व्यवस्थापन र भौतिक पुर्वाधारको अभाव रहेकाले लेकम गाउँपालिकाको प्रसासकिय कामकाज खरकडाबाट सन्चालन भईरहेको छ ।