लेकम गाउँपालिकामा सबै भन्दा कम विकासे बजेट खर्च

1051
फाईल फोटोः कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुला ।

दार्चुला, साउन ५ गते ।

दार्चुला जिल्लाका ९ वटै स्थानियतहहरु मध्ये आर्थिक बर्ष २०७६/०७७ मा लेकम गाउँपालिकाले सबै भन्दा कम विकासे बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिकाको कुल १६ करोड ४९ लाख ४५ हजार विकासे बजेट मध्ये ९ करोड ८५ लाख ११ हजार बजेट खर्च भएको छ । यो कुल बजेटको ५९ दशमलब ७२ प्रतिशत मात्रै हो ।
दुहु गाउँपालिकाले कुल विकासे बजेटको ६६ दशमलब २२ प्रतिशत मात्रै खर्च गरेको छ । १५ करोड ४३ लाख ४१ हजार पुजिगत बजेट मध्ये १० करोड २२ लाख ३ हजार रुपैयाँ खर्च भएको छ ।
महाकाली नगरपालिकाले कुल २१ करोड ५५ लाख २० हजार पुजीगत बजेट मध्ये १४ करोड ४४ लाख ३४ हजार बजेट खर्च गरेको छ । जुन कुल बजेटको ६७ दशमलब ०२ प्रतिशत हो ।
मार्मा गाउँपालिकाले कुल १८ करोड ६२ लाख ४४ हजार पुजिगत बजेट मध्ये १३ करोड ४१ लख ५८ हजार रुपैयाँ खर्च गरेको छ । मार्माले बजेटको ७२ दशमलब ०३ प्रतिशत रकम खर्च गरेको छ ।
शैल्यशिखर नगरपालिकाको १५ करोड ४१ हजार पुजीगत बजेट मध्ये ११ करोड १३ लाख ४८ हजार बजेट खर्च भएको छ । शैल्यशिखरले बजेटको ७४ दशमलब २१ प्रतिशत खर्च गरेको छ ।
ब्यास गाउँपालिकाको १३ करोड ५३ लाख ९५ हजार पुजिगत बजेट मध्ये १० करोेड ४३ लाख २३ हजार बजेट खर्च गरेको छ । ब्यासले बजेटको कुल ७७ दशमलब ०५ प्रतिशत बजेट खर्च गरेको छ ।
अपीहिमाल गाउँपालिकाले १२ करोड ९६ हजार पुजीगत बजेट मध्ये ९ करोड ९४ लाख ५६ हजार बजेट खर्च गरेको छ । अपीहिमालले कुल बजेटको ८२ दशमलब ८१ प्रतिशत रकम खर्च गरेको छ ।
मालिकार्जुन गाउँपालिकाले ९ करोड ४९ लाख ६० हजार पुजिगत बजेट मध्ये ८ करोड २१ लाख ४८ हजार बजेट खर्च गरेको छ । मालिकार्जुनले कुल बिकासे बजेटको ८६ दशमलब ५१ प्रतिशत रकम खर्च गरेकोे छ ।
आर्थिक बर्ष २०७६/०७७ मा सबै भन्दा बढी बिकासे बजेट खर्च गर्ने नौगाड गाउँपालिका रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ । नौगाड गाउँपालिकाले १८ करोड २८ लाख ७१ हजार पुजिगत बजेट मध्ये १५ करोड ८७ लाख ३८ हजार बजेट खर्च गरको छ । नौगाडले विकासे बजेटको ८६ दशमलब ८० प्रतिशत रकम खर्च गरेको छ ।
स्थानियतहहरुले खर्च गर्न नसकेको बजेट मध्ये समपुरक , विशेष र शसर्त अनुदान फ्रिज जाने र समानिकरण र राजस्व बाडफाड शिर्षकको बजेट भने स्थानियतहहरु संगै रहने कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका प्रमुख भुपाल सिह कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !