लेकममा वडाध्यक्ष मदिरामा मस्तःगरीबलाई भने लकडाउनमा छाक टार्न धौधौ

0
1320

विरा दत्त भट्ट, दार्चुला ।

लेकम गाउँपालिका वडाध्यक्ष नं ६ का वडाध्यक्षले मदिरा पार्टी गरेका छन् । वडाध्यक्ष कमलापती मिश्रले शनिबार वडा कार्यालयको बैठक सकेर नजिकैको पसलमा लकडाउनका बेला मदिरा पार्टीमा गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
कोरोना भाइरसको संक्रमण बढी रहेका बेला वडाध्यक्ष कमलापती मिश्र आफै मदिरा पार्टीमा सहभागि भएर वडा कार्यालयमै बास बसेको स्रोतले बताएको छ ।
विश्वभर कोरोनाको त्रास फैलीएका बेला जनप्रतिनिधिहरुले भीडभाड गर्न नदिनुपर्ने अवस्थामा मदिरा निषेधित क्षेत्रमा मदिरा खाएर वडा कार्यालयमै बास बस्नुले गलत सन्देश दिएको स्थानीय दिपेन्द्र साउँदले बताउनु भयो । लेकम गाउँपालिका क्षेत्रमा भारतबाट मानिसहरु ट्युबबाट तरेर भित्रीरहेका छन् तर जनप्रतिधी जस्तो जिम्मेवार ब्यक्ति मदिरामा लट्ठ पर्नुले गैर जिम्मेवारीपन झल्कीएको स्थानियहरुको आरोप छ । गरिब बर्गलाई लकडाउनका बेला एक छाक टार्न धौधौ परिरहेका बेला जनप्रतिनिधीले मदिरा पार्टी गुर्न उचित नभएको सरोकारवालाहरुको भनाई छ ।
इलाका प्रहरी कार्यालय रिठाचौपताका प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजराले वडाध्यक्षले मदिरा सेवन गरेको विषयमा जरिवाना तिरेको पुष्टि गरेका छन् । जरिवाना तिरे पनि मदिरा सेवन गरेको मेडिकल प्रमाणित नभएको प्रहरी नायब निरीक्षक पुजारले बताउनु भयो । ‘जरिवाना भन्ने कि के भन्ने वडाध्यक्ष ज्युले तिर्नु भा हो, तर मापसे गरेको मेडिकल प्रमाणित भएको छैन, जरिवाना भन्ने कि शान्त पार्न तिरेको भन्ने’ प्रहरी नायब निरीक्षक पुजराले भन्नु भयो ।
प्रहरी नायब निरीक्षक पूजाराले उक्त घट्नालाई राजनीतिक इस्यु बनाएर ठूलो बनाउन खोजिएको बताएका छन् । मदिरा सेवन गरे नगरेको भोली पल्ट मेडिकल समेत गर्न नसकिने भएकाले उनीहरुको मेडिकल नगरिएको प्रहरीले जनाएका छ ।
मदिरा निषेधित क्षेत्रमा वडाध्यक्षले गाउँपालिकाको नियम उलंघन गर्दै लकडाउनका बेला मदिरा सेवन गरेको भन्दै महिला समूहले वडाध्यक्ष र एर्का एक जना स्थानीयबाट जरिवाना तिराएका छन् । यस्तै मदिरा विक्री वितरण गर्ने र सेवन गर्ने दुबै पक्षलाई महिला समूहले जरिवाना तिराइएको हो । स्थानीय व्यापारी दिलिपसिँह धामीको पसलबाट ८ क्वाटर मदिरा बरामद गरि आज नष्ट गरिएको प्रहरी नायब निरीक्षक पूजाराले बताउनु भयो ।
घट्नाबारे बुझ्न लेकम गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कमलापती मिश्रलाई सम्पर्क गर्न खोज्दा उहाँको दुबै मोबाइल नम्बरकोे स्वीच अफ थियो । वडाध्यक्ष मिश्र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचीत भएका थिए ।
वडाध्यक्ष मिश्रको घटना सार्वजनिक भएपछि सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ ।