लेकममा मृत्यु भएका ब्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर लिए कर्मचारीले

916

दार्चुला, भाद्र १६ गते । दार्चुलाको लेकम गाउँपालिकाका वडा नम्बर ५ मा मृत्यु भएका ब्यक्तिको नाममा कर्मचारीले सामाजिक सुरक्षा भत्ता बुझेर लिएका छन् । २०७६ असार २३ गते मृत्यु भएको हरिदत्त जोशीको मृत्यु दर्ता भइसक्दा समेत दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयका प्राविधिक हरसिह बोहराले बुझेर लिएका छन् । प्राविधिक बोहराले मृत्यु दर्ता भइसकेको व्यक्तिको लगट कट्टी नगरी पहिलो र दोस्रो चौमासिकको गरि २४ हजार सामाजिक सुरक्षा भत्ता लिएको पाइएकोे छ । तेस्रो चौमासिकको भत्ता निकासको बेला सोधखोज गर्दा वडाका कर्मचारीले राखेको पाईएको वडाध्यक्ष दिपेन्द्र सिंह बोहाराले बताउनुभयो । मृतकका आफन्तले मृतकका नाममा सामाजिक सुरक्षा भत्ता लिइरहेको सुइको पाएपछि सोधखोज गर्दा प्राविधिक बोहराले कोलेनिकामा फिर्ता गरेको स्रोतले जनाएको छ । स्थानीयहरुले सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने कर्मचारीलाई कानुनी कारबाही हुनुपर्ने भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !