लेकममा तालाबन्दीः भवन पायक पर्ने स्थानमा हुनुपर्ने लगायत माग

761

दार्चुला, जेठ २० गते ।
लेकम गाउँपालिकाको प्रशासकीय भवन निर्माणको टेण्डर आह्वानसंगै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाका स्थानीयहरुले जेठ १६ गते गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर ऐरले बताउनु भयो । विगतमा खरकडाका स्थानीयहरुले गाउँपालिका केन्द्र खरकडा हुनुपर्ने माग गर्दै आएका थिए । तर गाउँपालिकाको केन्द्र रातामाटा रहने गरी गाउँसभाले निर्णय गरी राजपत्रमै प्रकाशित भइसकेको छ ।
केही दिन अघि मात्रै लेकम गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान भएका बेला खरकडाका स्थानीयहरुले विभिन्न माग राख्दै खरकडा स्थित गाउँपालिकाको कार्यालयमा तालबन्दी गरेका छन् । खरकडाका स्थानीयहरुले आफूहरुको पायक पर्ने ठाउँमा प्रशाकीय भवन निर्माण गरिनुपर्ने, भवन निर्माण हुने स्थलको माटो परीक्षण गरिनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरेको प्रमुख प्रशासकीय अधिकृत ऐरले बताउनु भयो । तर प्रमुख प्रशासकीय अधिकृत ऐरले भने भवन निर्माण गरिने स्थलको माटो परीक्षण गरिसकेको उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष स्वास्थ्य सुधार भएलगत्तै सो विषयमा छलफल गरी ताला खोल्ने प्रयास भइरहेको छ । कार्यालयमा तालाबन्दी गरिएकाले कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !