लेकगाउँमा नेपाल टेलिकमको टावर निर्माण, सेवा प्रवाहमा सुधारै नआएको स्थानियको गुनासो ।

2394

शैल्यशिखर नगरपालिकाको लेकगाउँमा हालै नेपाल टेलिकमको नयाँ टावर निर्माण गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को लेकगाउँमा सेवा विस्तार गर्ने उद्देश्यले नेपाल टेलिकमले नमस्तको नयाँ टावर निर्माण गरेको हो ।
शैल्यशिखर नगरपालिकाको बगौरा, ग्वानी लगायतका विभिन्न ठाउँमा फोन सेवा प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरुको मागका आधारमा नमस्तेको टावर निर्माण गरिएको छ । तर फोन सेवामा भने सुधार नआएको स्थानियहरुको गुनासो छ ।
शैल्यशिखर नगरपालिकाको बगौरा बजारबाट झण्डै २ सय मीटर टाढा लेकगाउँ भन्ने स्थानमा टावर निर्माण गरिए पनि बगौरा बजार समेत फोन सेवा प्रभावकारी नभएको बगौराका स्थानिय गणेशसिँह डागाँले गुनासो गर्नु भयो । बगौरा बजार नजिकै टावर निर्माण गरिएपनि बगौरा बजार क्षेत्रमा घरभित्र फोनले काम नगर्ने डागाँले बताउनु भयो ।
“टावर त निर्माण गरियो तर हामीलाई बेल पाक्यो हर्ष न विस्मात्, पुरानै दिन छन् हाम्रा” स्थानिय डागाँले भन्नु भयो । टावर निर्माण गर्दाको फोन सेवा र अहिले टावर निर्माण गर्दाको फोन सेवा उस्तै रहेको उहाँले गुनासो गर्नुभयो । अर्का एक स्थानियका अनुसार टावर निर्माण गर्ने बेला २० मिटर अग्लो टावर राख्ने सहमती भएपनि ७ मिटर मात्रै अग्लो टावर निर्माण गरिएको गुनासो स्थानियको रहेको सहकर्मी राजेन्द्र साउँदले खबर पठाउनु भएको छ ।
जिल्लाका विभन्न स्थानमा नेपाल टेलिकमले टावर निर्माण गरि सेवा प्रवाह गर्दै आएको भएपनि अझै दार्चुलाका कतिपय बस्तीहरुमा फोन सेवाको पहुँच बाहिर रहेका छन् । जिल्लाका धेरे जसो ठाउँमा स्काई फोन सेवाले काम गर्ने भएपनि टावरहरुमा समस्या देखिदाँ फोन सेवा प्रभावकारी हुन नसकेको सेवाग्राहीहरुको गुनासो छ । जिल्लाका थुप्रै स्थानमा निर्माण गरिएका टावरहरुमा विद्युत् आपूर्तिका कारण सेवा प्रभावकारी हुन नसकेको हो । धेरैजसो टावरहरु घामको भरमा सञ्चालन हुदै आएकाले फोन सेवा प्रभावकारी हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !