लिम्पियाधुरा जोड्ने सडकमा जेसीबीले हिउ हटाएर सडक सुचारु गर्दै भारत

0
1143
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, चैत्र ५ गते ।

पछिल्लो समय दार्चुलाको त्रिदेशिय सीमा क्षेत्रमा हिमपात भएको छ । छाङरु, तिंकर, गुञ्जी, नावि, कुटी गाउँहरुमा पनि हिमपात भएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली गाउँहरु गुञ्जी, नावि, कुटी लगायतका गाउँहरुमा सडक विस्तार गरिसकेको छ । गुञ्जी हुदै लिम्पियाधुरा जोड्ने सडकमा पछिल्लो समय भएको हिमपात जेसीवि लगाएर पन्छ्याउने र सडक सुचारु गर्ने काम भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । भारतीय सीमा सडक संगठन ( विआरओ) ले जेसीवि लगाएर गुञ्जी देखि कुटी गाउँ सम्मको हिउ हटाएर सडक सूचारु गरेको छ । सडक सूचारु गरिएपछि धार्चुलाबाट भारतीय सूरक्षा निकायहरुलाई सवारी साधन माफर्त लिम्पीयाधुरा क्षेत्र पुग्न सहज भएको छ । हाल उक्त गाउँहरुमा हिमपात भएकाले त्यस क्षेत्रका स्थानियहरु भने तल्लो भेगहरुमा मौषमी बसाई सरेका छन् । बैशाख महिनादेखि पुःन स्थानियहरु खेतिपाती गर्न गाउँ जानेछन् ।