लिपुलेक नजिकको पाला मैदानमा सैन्य बेस बनाउदै चीन

0
901

दार्चुला,भाद्र १९ गते ।

भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक नजिकको पाला मैदानमा चीनले सैन्य बेस बनाउन लागेको छ । लिपुलेक नाका भन्दा १२ किलोमिटर टाढा रहेका पाला मैदानमा सैन्य बेस बनाउन चीनले निर्माण समाग्री सिमा क्षेत्रका पुगाएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
स्रोतको हवाला दिदै चीनले पाला क्षेत्रका सैन्य बेस बनाउन सामागी ढुवानी गर्नका साथै सिमा क्षेत्रमा सैनिकहरुको संख्या समेत बढाएको अमर उजालाले दाबि गरेको छ । सन् २००२–०३ मा भारत र चीन विच लिपुलेक क्षेत्रमा तनाव बढ्दा भारत र चीनका अधिकारीहरुको चीनको पाल क्षेत्रमा बैठक बसि तत्कालको स्थितीमा सुधार ल्याइएको थियो । साथै धार्चुला देखि कालापानी सम्मको सिमा क्षेत्रमा भारतीय अद्र्ध सैनिक बल एसएसबीले कडा निगरानी गरिरहेको बताइएको छ । सिमा क्षेत्रमा चीनले गतिविधि बढाएपछि त्रसित बनेको भारतीय सुरक्षा निकायले चीनका साथै नेपालको सिमा क्षेत्रमा पनि निगरानी बढाएको छ ।

जेट फाइटर नियमित उडान भर्दै

चीन संगको तनाव लद्दाखमा पुनः बढेपछि भारतीय वायुु सेनाका विमानहरुले कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा पनि नियमित उडान भरिरहेका छन् । विगत चार दिन देखि दैनिक रुपमा ब्यास क्षेत्रको आकासमा जेट फाइटर देखिएको दार्चुलाको ब्यास गाउँपालिकाका स्थानियहरुले बताएका छन् ।
भारतीय अद्र्ध सैनिक बलले सिमा क्षेत्रको गस्ती समेत बढाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।