लिपुलेक जोड्ने सडकको मर्मत तीब्र गर्दै भारत

0
634
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

बिरा दत्त भट्ट

दार्चुला, फागुन २४ गते ।  भारतले -धार्चुला लिपुलेक जोड्ने सडकको काम तीब्र बनाएको छ । । भारतले ट्रयाक मात्रै खोलेका धार्चुला–लिपुलेक सडकमा मर्मतको काम हिउँदमा चिसोका कारण रोकिएको थियो । हाल सडक फराकिलो पार्ने, पर्खाल लगाउने तथा पुलहरुको निर्माणकार्य तीब्र पारेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

चीन सीमा जोड्ने धार्चुला–लिपुलेक सडक खण्डमा काम गर्ने कामदारहरु दिउदको समय चिसोका कारण विदामा रहेका थिए । हाल कामदारहरुलाई निर्माणको काममा फिर्ता बोलाइएको छ । दुर्गम क्षेत्रहरुमा कामदारका लागि खाद्यान्न हेलिकोप्टरबाट ढुवानी भइरहेको छ । भारतीय सीमा सडक संगठन विआरओले निर्माण गरिरहेका उक्त सडकहरुको ट्रयाक खोल्ने काम सकिएको भएपनि पर्खाल लगाउने, पुलनिर्माण लगायतका कामहरु बाकि रहेको छ ।

दुई बर्ष भित्र कालोपत्रे गर्ने लक्ष्य

दुई बर्षमा लिपुलेक सम्म सडक कालोपत्रे गर्ने भारतीय सीमा सडक ( विआरओ) ले लक्ष्य लिएको छ । धार्चुला–लिपुलेक सडकमा सन् २०२२ देखि नियमित यातायात सञ्चालन हुने विआरओको दाबी छ ।
धार्चुला देखि घट्टेबगड सम्म २३ किलोमिटर सडक फाराकिलो गर्ने तथा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने घट्टेबगड देखि लिपुलेक सम्मको ७२ किलोमिटर सडक मर्मतको काम बाकी छ । बुदी देखि लिपुलेक सम्मको ५६ किलोमिटर सडकमा भने हाल सुरक्षाकर्मी बाहेकका सवारी साधन गुड्न प्रतिबन्ध लगाइएको छ । बुदी भन्दा तीन किलोमिटर अघि छियालेक देखि भारतको नोटीफाइड क्षेत्र सुरु हुन्छ । सामरिक दृष्टिले महत्वपुर्ण रहेको सडक निर्माण पश्चात कैलाश मानसरोवर यात्राका साथै चीन संगको ब्यापार गर्न सहज हुने भारतको धारणा छ ।
८ मे २०२० मा भारतीय रक्षा मन्त्री राजनाथ सिहले धार्चुला–लिपुलेक सडकको अनलाईन उद्धघाटन गरेका थिए । भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक जोड्ने सडकको विषयमा नेपालको विरोध हुदाँ पनि भारतले काम रोकेको छैन ।