लिपुलेक जोड्ने नागबेली सडकमा कालोपत्रे गरियो

1186

दार्चुला, बैशाख २५ गते ।


कालापानी, लिपुलेक र लिम्पियाधुरा जोड्ने बुदी–छियालेक सडकमा भारतले कालापत्रे गरेको छ ।

बुदी देखि छियोलेक सम्मको १३ किलोमिटर सडक क्षेत्रमा कालोपत्रेको काम सम्पन्न भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । भारतले धार्चुला तहशिलबाट महाकाली नदी किनारै किनार बुदी सम्म सडक निर्माण गरेको छ । यस सडक निर्माणको जिम्मा भारतीय सेनाको निर्माण कम्पनी बोर्डर एण्ड रोड अर्गनाइजेसन ( विआरओ) लाई दिइएको छ । बुदी भन्दा केही माथिल्लो क्षेत्रमा महाकाली नदी किनारको कमजोर भूगोलका कारण बुदीबाट छियालेक सम्म केही उकालो चडाईमा सडक बनाइएको छ । २०७६ को कार्तिकमा भारतीय रक्षामन्त्री सिंहले भिडियो कन्फरेन्स मार्फत घटियाबगड–लिपुलेक सडकको उद्घाटन गरेका थिए । दुई वर्षमा उक्त सडक चौडा पार्ने तथा केही क्षेत्रमा कालोपत्रे गर्ने काम गरिएको छ ।
सन् २००८ देखि निर्माण सुरु भएको ७६ किलोमिटर लामो घटियाबगड–लिपुलेक सडक निर्माणमा भारतले उच्च महत्व दिदै आएको छ । कैलाश–मानसरोवर यात्रा र चीनसँगको व्यापारका लागि भन्दै नेपाली अतिक्रमित भूमि सम्म ट्रयाक खुलाइएको कच्ची सडकलाई कालोपत्रे गर्ने तथा चौडा बनाउने काम धमाधम भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !