लिपुलेकमा भारतीय वायु सेनाको विमानले उडान भरेर गर्‍यो निरिक्षण

0
855
सांकेतिक तस्बीर

दार्चुला, साउन २१ गते ।
नेपाली अतिक्रमित भूमि लिपुलेकमा भारतीय वायु सेनाको विमानले उडान भरि निरिक्षण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लिपुलेक सिमा नजिक चीनले एक हजार सैनिक तैनाथ गरेको भारतका सुरक्षा एजेन्सीहरुले दाबि गर्दै आइरहेका छन् ।
भारतीय सेनाले उक्त क्षेत्रमा जमिन मात्रै नभएर आकाशबाट पनि निरिक्षण तिब्र पारेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
पछिल्लो पटक मंगलबार भारतीय वायु सेनाको लडाकु विमानले लिपुलेक बोर्डरमा उडान भरेको बताइएको छ ।
नेपाल संगको सिमा क्षेत्रमा पनि ठुलो मात्रामा एसएसवीहरु परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले पछिल्लो तिन महिना देखि सिमा क्षेत्रमा गस्ती र सुरक्षाकर्मीहरुको संख्या बढाएको छ ।
मंगलबार भारतीय वायु सेनाको विमानले विहान ११ बजे देखि ११ः२० बजे सम्म लिपुलेक क्षेत्रमा आफ्नो उपस्थिती जनाउदै सिमा क्षेत्रमा हुने कुनै पनि प्रकारको जवाफ दिन सेना तयार रहेको समाचारमा उल्लेख छ । भारतले विषेश गरि नेपाली अतिक्रमित भूमि नाविढाङ देखि लिपुलेक सम्मको आठ किलोमिटरको क्षेत्रमा ठुलो संख्यामा सेना परिचालन गरेको बताइएको छ ।
भारतीय वायु सेनाको जेट फाइटर विमानले असार महिनामा पनि कालापानी, लिपुलेक क्षेत्रमा दुई पटक उडान भरेर सिमा क्षेत्रको निरिक्षण गरेको थियो ।

यो पनि पढ्नुहोसः नेपाल भारत सिमा विवादः कालापानी क्षेत्रमा भारतीय वायु सेनाको फाइटर विमानले उडान भरेको दाबी