लागू औषध सहित पुलघाटबाट एक युवक पक्राउ

0
605
सांकेतिक फोटो

दार्चुला, बैशाख २२ गते ।  


दार्चुला सदरमुकाम खलंगाको पुलघाट नाकामा लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय बजार धार्चुलाबाट प्रवेश गरेका युवकलाई चेकजाँचका क्रममा केही सिसि झोलिलो पदार्थ र केही ट्याबलेट भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत थापाले जानकारी दिनुभयो । ती युवक अन्दाजी १७/१८ बर्षका छन् । लागूऔषध सहित पक्राउ परेका युवकको पहिचान खुल्न सकेको छनै । नाम सोधेमा कहिले भरत र कहिले नविन बताइरहेको उहाँको भनाई छ । पछिल्लो समयमा खलंगा बजारमा लागु औषध स्पास र कोरेक्स सेवनगर्ने युवाहरु बढिरहेका छन् ।  भारतीय बजार धार्चुलाबाट लागूऔषध लुकिछिपि नेपाली क्षेत्रमा ल्याउने गरेका छन् । पुलघाटबाट प्रहरीले बेलाबेला लागु औषध सहित युवाहरुलाई पक्राउ गर्ने गरेको छ । अधिकाशं युवाहरू भारतमै गएर लागूऔषध सेवन गरि यता आउने गरेको सुरक्षाकर्मीहरु बताउँछन् । नेपालमा प्रतिबन्धित उक्त लागु औषध भारतमा खुला बिक्री हुने भएकाले सीमा क्षेत्रमा लागूऔषधका सेवनकर्ताहरु बढिरहेको अनुमान छ ।