लागु औषध सहित पक्राउ परेका भुल सार्वजनिक

0
878

दार्चुला, भाद्र १ गते । दार्चुलामा आइतबार लागुुऔषध सहित पक्राउ परेका एक जना युवकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको छ । महाकाली नगरपालिका वडा नं ४ बंगाबगड क्षेत्रमा लागु औषध बोकिरहेको अवस्थामा प्रहरीले गणेष राम भुललाई पक्राउ गरेको थियो ।
भूलको स्थायी ठेगाना जिल्लाको दुहु गाउँपालिका वडा नं २ हिकिला भएपनि हाल दार्चुला सदरमुकामको तिंकरखेडामा बस्दै आइरहेको प्रहरीले जनाएको छ । सदरमुकामको बंगाबगड क्षेत्रमा थैली बोकिरहेका भुललाई संशासपद लागेर प्रहरीले चेकजाचँ गरेको थियो । चेकजाचँको क्रममा भुलको साथबाट २२ सिसी कोरेक्स ( १२० मिलिलिटरको ६ वटा र १०० मिलिलिटरको १६ वटा) र ४ सय २४ वटा स्पास ( ट्याबलेट ) प्रहरीले बरामद गरेको थियो । प्रहरीले पक्राउ गर्ने बेला भुलले प्रतिकार गरेपछी प्रहरी जवान नरेन्द्र टेर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्याय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
ठुलो परिणममा लागु औषध बरामद भएकाले भारतबाट ल्याएको हुन सक्ने प्रारम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं डिएसपी पदम बहादुर विष्टको भनाई छ । लागु औषध सहित पक्राउ परेका भुल विरुद्ध मुद्धा दर्ता गर्ने तयारी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लकडाउन यता प्रहरीले दार्चुला सदरमुकाममा लागु औषधको साथमा तिन जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय दार्चुलामा लागु औषध सेवन गर्ने युवाहरुको संख्या बढेको प्रहरीको अनुमान छ ।