लटिनाथ स्वास्थ्य चौकीमा २४ घण्टा सेवा

2615

दार्चुला, फागुन १८ गते ।
मार्मा गाँउपालिकाको केन्द्र लटिनाथस्थित स्वास्थ्य चौकीमा २४ घण्टा प्राथमिक स्वास्थ्य सेवाको सञ्चालन गरिएको छ । शुक्रवार प्रदेशसभा सदस्य मानवहादुर धामीले सेवाको उद्घाटन गरेका हुन् ।
मार्मा गाँउपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अमरसिह विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । स्वास्थ्य चौकीबाट २४ घण्टा प्राथमिक स्वास्थ्य सेवा नियमित रुपमा सञ्चालन गरिने स्वास्थ्य चौकी प्रमुख परशुराम जोशीले बताउनुभयो ।
स्वास्थ्य चौकीको नयाँ भवनबाट नियमित प्राथमिक स्वास्थ्य सेवा सुरु गरिएको हो । स्वास्थ्य चौकीबाट प्रभावकारी सेवा प्रवाहका लागि गाँउपालिकाले आर्थिक र व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेको मार्मा गाँउपालिका अध्यक्ष जमनसिह धामीले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मानवहादुर धामीले तिनवटै तहका सरकारहरुको उच्च प्राथमिकता स्वास्थ्य सेवा रहेको बताउनुभयो । उहाँले लटिनाथमा रहेको स्वास्थ्य संस्थालाई जिल्लाकै तेस्रो ठूलो र महत्वपूर्ण सेवा प्रदायक संस्थाका रुपमा विकास गरिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधिश गिरिराज गौतम, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलगायतको उपस्थिति रहेको थियो ।
लटिनाथ स्वास्थ्य चौकीमा ल्वाव सेवा, २४सै घण्टा प्रसुति सेवा र आकस्मिक तथा नियमित प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भइरहेको मार्मा गाँउपालिकाको स्वास्थ्य शाखा संयोजक चक्रसिह धामीले बताउनुभयो ।
निटक भविष्टमा लटिनाथ स्वास्थ्य चौकीमा एक्सरे सेवा र एमविविएस डाक्टरबाट उपचार सेवा दिइने गाँउपालिका अध्यक्ष जमनसिह धामीको भनाई छ । गाँउपालिकाको पहलमा स्वास्थ्य सेवा विभागबाट लटिनाथ स्वास्थ्य चौकीमा एक्सरे उपकरण उपलब्ध भइसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !