लक्ष्यभन्दा बढी राजश्व संकलन

0
2400

दार्चुला, मंसिर ८ गते ।
आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ६८ करोड ९७ लाख ४७ हजार राजश्व भएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालयले आयकर, हाउस रेन्ट, व्याज, मूल्य अभिवृद्धिकर, स्वास्थ्य कर, शिक्षा कर लगायतका शीर्षकमा राजश्व संकलन गरिरहेको छ । व्यवसायीलाई कर तिर्न उत्प्रेरणा दिने कार्यक्रम समेत सञ्चालन भइरहेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।