लकडाउन अवधिमा यार्सा लगायत जडीबुटी संकलनमा रोक

1557

विरा दत्त भट्ट, दार्चुला ।

लकडानको अवधिमा जडीबुटी सकंलन गर्नका लागी अनुमती नदिइने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । बुधबार बसेको संकट ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले अर्काे निर्णय नभए सम्मका लागी यार्सा लगायतका जडीबुटी संकलनका लागी अनुमती नदिइने निर्णय गरेको अपीनाम्पा संरक्षण कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किसोर कुमार मेहताले जानकारी दिएका छन् । हिमाली क्षेत्रमा रहेका नागरिकहरु विभिन्न प्रकारका जडीबुटी संकलनका लागी जाने समय भइरहेकाले लकडाउनको पुर्ण रुपमा पालना गर्न÷गराउनका लागी संकलनको अनुमती दिन रोक लगाउने निर्णय गरेको संरक्षण अधिकृत मेहताले बताएका छन् ।
यार्सा संकलन गर्न जादा पनि भिडभाड हुने भएकाले कोरोना संक्रमणको जोखीम हुने भएकाले यार्सा तथा जडीबुटीहरु संकलन गर्नमा रोक लगाउनु परेको हो, अबका केहि दिनहरुमा नागरिकहरु बन क्षेत्र तिर प्रबेश गर्न सक्ने भएकाले समयमै सुचना दिएका हौ , प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो । अपीनाम्पा सरक्षण क्षेत्र अन्र्तगत दार्चुलामा ब्यास, नम्पा, दुधिबन, चाइमटेला, घट्टेखोला लगायत दर्जनौ यार्सापाटनहरु रहेका छन् । हिमाली क्षेत्रमा बसोबार गर्ने नागरिकहरुको मुख्य पेसा यार्सा संकलन, जडिबुटी संकलन भएपनि यस बर्ष लकडाउनले प्रभाव पार्दा मानिसहरुको जिवनशैलीमा असर पर्न सक्ने मिडिया विकास समाज नेपालका अध्यक्ष पदमसिह बडालको भनाई छ ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको सूचना हेर्नुहोस ।

तपाईको प्रतिक्रिया दिनुहोस् !