लकडाउन अवधिमा महाकाली तरेर अबैध रुपमा २ सय ९ जना भित्रिए

0
1916

विरा दत्त भट्ट, दार्चुला ।

कारोना भाइरसको रोकथामका लागी नेपाल सरकारले गत चैत्र ११ गते बाट देशैभरी लकडाउन गरेको थियो । लकडाउन अवधिमा अन्र्तराष्ट्रिय सिमानाका बन्द गरि सिमानाकामा हुने अबैध आवतजावतलाई पुर्ण रुपमा नियन्त्रण गर्ने भनिएको थियो तर दार्चुलामा भने लकडाउन अवधिमा बैसाख ९ गते सम्म भारतबाट अबैध रुपमा २ सय ९ जना भित्रीएका छन् । भारतमा रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङ लगायत क्षेत्रका २ सय ९ जना अबैध रुपमा महाकाली नदी तरि नेपाल भित्रीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
महाकाली नदीमा ट्युब,पौडी, डोरी र ढुङ्गे साघुका माध्ययमबाट लकडाउनको अवधीमा यति ठुलो संख्यामा कोरोना प्रभावित मुलुक भारतबाट मानिसहरु भित्रएका छन् ।
भारतबाट अबैध रुपमा भित्रीने मानिसहरुलाई प्रहरीले सम्बन्धीत स्थानिय सरकारसंग समन्वय गरि क्वारेन्टाइनमा राख्न लगाइएको प्रहरी निरिक्षक चन्दको भनाई छ ।

नदीमा वारपार गर्न प्रयोग गरिने २८ ट्युब बरामद

दार्चुला प्रहरीले महाकाली नदी किनारका बस्तीहरुबाट २८ वटा ट्युबहरु बरामद गरेको छ । प्रहरीले लकडाउन अवधिमा महाकाली नदी किनारका बस्तीहरुमा अनुगमन गरि ट्युबहरु नियन्त्रण लिएको थियो । मालिकार्जुन गाउँपालिकाको जौलजिवी देखी लेकम गाउँपालिकाको लाली सम्म २७ वटा र १ वटा आइतबार धाप क्षेत्रबाट मानिसहरु तार्ने क्रममा गरि २८ वटा ट्युबहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी दिपेन्द्र शाहीले चैत्र २५ गते नै कालापानी न्युज डकटम संगको कुराकानीमा नेपाल तर्फ एउटा पनि ट्युब नभएको र भारतबाट नै मानिसहरु नेपाल तार्ने काम भइरहेको दाबी गरेका थिए । तर आइतबार धाप क्षेत्रका करन टमटा भारतबाट मानिसहरु तार्ने क्रममा प्रहरीले नियन्त्रण लिएपछी डिएसपी शाहीको दाबी गलत सावित भएको छ ।