रेडियो एफ एम र टेलिभिजन प्रशारण विधेयकका प्रावधानहरु संसोधन गर्न पत्रकार महासंघ दार्चुलाको माग

0
752

दार्चुला, साउन ३२ गते । नेपाल पत्रकार महासंघ दार्चुला शाखाले रेडियो एफएम र टेलिभिजन प्रशारण विधेयकका प्रावधानहरु संसोधन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत् सुदुरपश्चिम प्रदेश सभामुखलाई ज्ञापन पत्र बुझाएको छ ।
सुदुरपश्यिम प्रदेशसभाबाट हालै पारित गरेको रेडियो एफ एम र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्थापन गर्न बनेका विधेयकका केहि प्रावधानहरु नेपालको संविधान र पुर्ण प्रेश स्वतन्त्रताको मर्म विपरित रहेको भन्दै नेपाल पत्रकार महासंघ दार्चुला शाखाले सुदुरपश्यिम प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको नेतृत्वमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल मार्फत सुदुरपश्यिम प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
रेडियो एफ एम र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्थापन गर्न बनेका विधेयकका केहि प्रावधानहरु नेपालको संविधान र पुर्ण प्रेश स्वतन्त्रताको मर्म विपरित रहेकोले उक्त विधेयक पुर्नविचार एवं संसोधनको माग गर्दै ज्ञापनपत्र बुझाएको नेपाल पत्रकार महासंघ दाचुलाले जनाएको छ । ज्ञापनपत्रमा दफा ३ मा प्रस्तावित विधेयकमा बोर्ड गठनको व्यवस्था रहेकोमा उक्त प्रावधान हटाएर मन्त्रालयलाई सम्पुर्ण जिम्मेवारी दिएकोले उक्त व्यवस्थाले झन अन्यौलता उत्पन्न गरेकोले संसोधन हुनुपर्ने माग गरेको छ । त्यस्तै दफा १७ मा बोर्डलाई सजायको अधिकार १० हजार देखि १ लाख सम्मको व्यवस्था लगायतका केहि बुदाहरु संसोधन गनुपर्ने माग गरेको छ । साथै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले विधेयक संशोधनको माग राख्दै आन्दोलन सुरु गरेको छ । प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरि प्रदेश सरकारले बिधेयक ल्याएको भन्दै प्रदेशका विभिन्न जिल्लाका पत्रकार महासंघहरुले विरोध जनाएका छन् ।