रेडक्रसद्धारा स्वास्थ्य सुुरक्षाका सामग्री हस्तान्तरण

0
493

दार्चुला, जेठ २० गते ।
रेडक्रसले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना महामारी संग जुझ्न सहयोगका लागि रेडक्रसले स्वास्थ्य सामग्री प्रदान गरेको छ । विहिबार रेडक्रस शाखा दार्चुलाले विभिन्न स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीलाई हस्तान्तरण गरेको हो । एक अक्सिजन कन्सनटेटर, १० हजार थान मेडिकल मास्क, १ हजार एन ९५ मास्क, पाँच डेड बडि ब्याग तथा कभरअल २५ थान हस्तान्तरण हस्तान्तरण गरिएको छ । रेडक्रसले दिएका स्वास्थ्य सुरक्षाका सामग्री कोरोना रोकथामका लागि जिल्ला विपद् ब्यवस्थापन समितिले आवस्यकता अनुसार जिल्ला अस्पताल, स्वास्थ्य संस्था लगायतलाई वितरण गर्ने बताइएको छ ।